Rule 28
आधारभूत तालीम सम्पन्न गर्नुपर्ने
:  (१) खुल्ला प्रतियोगिताबाट छनौट भई नियुक्ति पाएको प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले सो पदको निमित्त तोकिएको आधारभूत तालीममा सहभागी भई तालीम सम्पन्न गरेको हुनु पर्नेछ ।
(२) आधारभूत तालीम सफलतापूर्वक सम्पन्न नगरेका उम्मेदवारहरूलाई सशस्त्र प्रहरी कारबाही तथा जिम्मेवारीमा खटाईने छैन ।
(३) आधारभूत तालीममा सफल भएका उम्मेद्वारहरूलाई मात्र दर्ज्यानी चिन्ह प्रदान  गरिनेछ ।